आ.ब २०७२/७३ को बार्षिक समिक्षा गोष्ठी संम्पन्न

आ.ब २०७२/७३ को बार्षिक समिक्षा गोष्ठी २०७३ श्रावन ३१ र ३२ गते संम्पन्न भई उक्त वार्षिक समिक्षा गोष्ठीमा उठाइएका केही मुख्य सवालहरु र क्रियाकलापहरु

आ. व. ०७२/७३ को प्रथम दिनको जिल्ला स्तरीय वार्षिक समिक्षा गोष्ठी

गोष्ठी भएको मिति : २०७३/४/३१ गते ।
सहभागिता: ३३ गाविसहरु,राजनैतिक पार्टी, कार्यालय,संघ संस्था प्रतिनिधि तथा संचारकर्मीहरु

झापा जिल्ला भित्र भएर बग्ने विभिन्न खोला एवम् नदीहरु हडिया, देवनिया, मेची, कनकाई, विरिड्ड, टाड्डटिड्ड, जमुना, रतुवा, चान्दु, सापडिग्री, कृष्णे, गौरिया, अन्दुवा, घाघ्रा, कमल, निन्दा लगायतका नदी एवम् खोलाहरुले खेतियोग्य जमिन बगाएको, गाडी चल्ने बाटाहरु भत्काएको, पुल कल्भर्ट, कज्वेहरुमा क्षति पु¥याएको तथा बाढी आएका बेला घरपरिवारहरुमा समेत असर पु¥याएको हुंदा सम्बन्धित गाविसहरुबाट बजेटको अभावले क्षति भएका स्थानहरुमा जिल्ला विकास समिति झापा तथा विभिन्न संघ संस्थाहरु को सहयोगमा तत्काल राहतका कार्यक्रम संचालन भएपनि दिर्घकालिन रुपमा समाधानका उपायहरु खोजि दिन, स्रोत साधनहरु खोजि दिन सबै गाविसहरुले अनुरोध गरेको ।

  • अधिकांश गाविसहरुले पुराना बेरुजु, पेश्की घटाउंदै लगेको ।
  • गाविस स्तरीय उपभोक्ता समितिहरुलाई योजना संचालन सम्बन्धी तालिमको आवश्यकता ।
  • गाविस कर्मचारीहरुलाई राम्रँे कम्प्युटर सम्बन्धी तालिम मांग ।
  •  अधिकांश गाविसहरुमा सडकको जिर्ण अवस्था, मर्मत सुधारको मांग ।

सकारात्मक पक्षहरु

  • अधिकांस गाविसहरुमा पुर्ण खोप युक्त घोषणा सुरु भएको
  •  दुहागढी,धाइजन,खुदुनाबारी,बुधबारे तथा जलथल गाविसहरु खुला दिशा मुक्त गाविस घोषणा भएको र वाकी हुन लागेको
    राजनैतिक दलका तर्फबाट तर्फबाट
  • गाविस अन्तरगतका योजनाहरुको प्रभावकारी अनुगमन हुनु पर्ने ।
  •  पेश्की र बेरुजुहरु फछ्र्याैटमा प्रशस्त पहल गरिनु पर्ने ।
  • प्रतिवेदनमा राम्रा पक्ष, सुधार गर्नुपर्ने पक्ष, समस्या एवम् कसरी समस्याको समाधान गर्ने जस्ता उपाय सहितको नतिजामुलक प्रतिवेदन प्रस्तुत हुनुपर्ने ।
  • गाविस सचिवहरुले ठुलो जिम्मेवारी र भूमिका निर्वाह गरिरहेको ।
  • अध्यक्ष र सचिवको जिम्मेवारी पुरा गर्दा कठिनाई भएको ।
  • गाउंमा आई पर्ने प्रशस्तै समस्या विच काम गरिरहनु भएकोले राजनैतिक पार्टीहरुको तर्फबाट धन्यवादन व्यक्त ।

स्थानीय विकास अधिकारी श्री खेमराज ओझाको तर्फबाट

samixa

  • प्रकोप व्यवस्थापन कोष खडा सबै गाविसहरुले गरेमा सम्भावित जोखिम, प्रकोप आई लागेमा सहयोग पुग्ने ।
  • लक्षित वर्गको कार्यक्रम संचालनमा बजेट बाड्नु भन्दा कार्यक्रमहरु मांग गरी संचालनमा ल्याउनु उपयुक्त हुने ।
  • सबै गाविसहरुले खुल्ला दिशामुक्त अभियानमा लाग्नु पर्ने ।
  • गाविसहरुले आन्तरिक आय बृद्धि गर्ने तर्फ लाग्नु पर्ने
  • गाविसका हरेक कार्यहरुको सुचना टांस, व्यवस्थित बजेट निर्माण जस्ता क्रियाकलापहरु गर्दा सुशासनको प्रत्याभुति दिने ।
  •  गाविसको बजेटलाई प्रष्ट देखिने, महसुस हुने गरी लैंगिक बजेट सहभागितामुलक, चेतना अभिृवद्धि हुने क्षेत्रमा समेत विनियोजित हुनुपर्ने ।
  • बजेट विनियोजना गर्दा दिगो विकासलाई महसुस गरी वन तथा वातावरण क्षेत्रलाई समेत मध्यनजर गर्दै विनियोजन गरिनु पर्ने
    अन्त्यमा श्रीमान् स्थानीय विकास अधिकारीज्यूबाट प्रमुख आतिथ्यताको आसन ग्रहण गर्नु हुने प्रमुख जिल्ला अधिकारी श्री मदन कुमार भुजेलज्यूलाई धन्यवाद दिदैं उपस्थित राजनैतिक दलका प्रमुखहरु एवम् प्रतिनिधिज्यूहरु, पत्रकार लगायत सबै कर्मचारीहरुमा आभार प्रकट गर्दै पहिलो दिनको वार्षिक प्रगति समिक्षा समापनको घोषणा गर्नु भयो ।

samixa1

गोष्ठी भएको मित : २०७३/४/३२ गते ।

सहभागिता : विषयगत कार्यालयहरु, ३३ गाविसहरु,न पाहरु,राजनैतिक पार्टी, कार्यालय,संघ संस्था प्रतिनिधि तथा संचारकर्मीहरु
दोस्रो दिनको विषयगत कार्यालयहरुको समिक्षा गोष्ठीमा सम्बन्धित कार्यालयहरुलाई प्राप्त सुझावहरु

  •  कार्यक्रमहरु संचालन गर्दा विपन्न र लक्षित समुदायलाई बढी प्राथमिकता दिनु पर्ने ।
  • कार्यक्रम संचालनमा दोहोरोपना आउन नहुने ।
  • गाविस, विषयगत कार्यालयहरु तथा गैर सरकारी संघ संस्थाहरु विच समन्वय हुनु पर्ने ।
  • संचालन गरिएका कार्यक्रमहरुको प्रभावकारी अनुगमन हुनु पर्ने ।
  • सबै विषयगत कार्यालयहरु तथा अन्य सरोकारवाला कार्यालयहरु पनि वार्षिक समिक्षा गोष्ठीमा अनिवार्य उपस्थित हुनपर्ने विषयमा पत्राचार गर्ने ।
  • आयोजना तथा कार्यक्रमहरु संचालन गर्दा अधिकतम जनसहभागिता हुने किसिमका कार्यक्रमहरु संचालित हुनु पर्ने ।

कार्यक्रमको अन्त्यमा सभापति एवम् स्थानीय विकास अधिकारी श्री खेमराज ओझाज्यूबाट गोष्ठीमा प्राप्त सुझावहरुलाई सकारात्मक रुपमा लिदैं उपस्थित प्रमुख अतिथि एवम् अतिथिहरु सबैलाई धन्यवाद दिदैं गोष्ठीको समापन गर्नु भयो ।

Skip to toolbar