संक्षिप्त परिचय

नेपालको प्रदेश-१ मा पर्ने अत्याधिक उर्वर तथा घना वस्ती भएको जिल्ला हो। यसको उत्तरी भाग पहाडी पर्वतमालाले सजिएको छ भने अतिरिक्त सम्पूर्ण भूभाग तराई पर्दछ । विसं २०६८ सालको जनगणना अनुसार यहाँको जनसङ्ख्या ८१,२६५० रहेको छ । यो जिल्लाको क्षेत्रफल १६०६ बर्ग कि.मी. रहेको छ । यो जिल्लाको पूर्वमा मेची नदीले भारतको पश्चिम बङ्गालसँग सिमाना छुट्याएको तथा यस जिल्लाको दक्षिणमा भारतको बिहार रहेको छ। उत्तरमा इलाम, पश्चिममा मोरङ जिल्ला रहेका छन् । यस जिल्लामा ८ नगरपालिका र ७ गाउँपालिका छन् । ५ संघीय निर्बाचन क्षेत्र र १० प्रादेशिक  निर्वाचन क्षेत्रहरू,  एवं १९३४ वस्तीहरू रहेका छन्। मानव विकास समग्र सूचकाङ्कमा तेस्रो स्थानमा रहेको यस जिल्लाको सदरमुकाम चन्द्रगढी हो, जुन पूर्व पश्चिम राजमार्गको बिर्तामोडबाट १३ कि.मी. दक्षिणमा पर्दछ । नेपालको सबभन्दा होचो भू-भाग केचनाकवल -५८ मी. र नेपालको सबभन्दा लामो पक्की पुल कन्काई (७०२ मी.) पनि यसै जिल्लामा पर्दछ। देशको केन्द्रीय राजनीतिमा मुख्य भूमिका खेल्दै आएको झापा जिल्ला खाद्यान्न उत्पादनको लागि पनि महत्वपूर्ण जिल्ला हो। यहाँका प्रमुख व्यापारिक सहरहरू बिर्तामोड नगरपालिका, दमक नगरपालिका र काकरभिट्टा हुन् । यस जिल्लाका प्रसिद्ध पर्यटकीय एवं तीर्थस्थलहरूमा कन्काई धाम कोटीहोम, अर्जुनधारा,जामुनखाडी सिमसार क्षेत्र, किच्चक वध, केचनाकवल, सतासीधाम, धनुषकोटी धामआदि पर्दछन् । झापाका प्रमुख नदी भनेर कनकाई नदी, बिरिङ नदी, रतुवा नदी मावा नदी, र मेची नदीलाई जानिन्छ । 

विश्वनाथ बराल
जिसस प्रमुख

शान्ता रोक्का

जिसस उप-प्रमुख

सुनिल निरौला

जिल्ला समन्वय अधिकारी

तथ्यांकमा झापा जिल्ला

अपडेट हुँदै छ ........................