संक्षिप्त परिचय

झापा जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको, मेची अञ्चलमा पर्ने अत्याधिक उर्वर तथा घना वस्ती भएको जिल्ला हो। यो जिल्ला १६०६ बर्ग कि.मी. मा फैलिएको छ। यो जिल्लाको पूर्व र दक्षिणमा भारत, उत्तरमा इलाम, पश्चिममा मोरङ जिल्ला पर्दछन्। मानव विकास समग्र सूचकाङ्कमा तेस्रो स्थानमा रहेको यस जिल्लाको सदरमुकाम भद्रपुर  हो, जुन पूर्व पश्चिम राजमार्गको बिर्तामोडबाट १३ कि.मी. दक्षिणमा पर्दछ । नेपालको सबभन्दा होचो भू-भाग केचना कवल -५८ मी. र सबभन्दा लामो पक्की पुल कन्काई (७०२ मी.) पनि यसै जिल्लामा पर्दछ। झापा जिल्ला खाद्यान्न उत्पादनको लागि पनि महत्वपूर्ण जिल्ला हो।

भौगोलिक स्थिति

  • अक्षांस:- २६.२०” देखि २६.५०” उत्तर
  • देशान्तर:- ८७.३९” देखि ८८.१२” पूर्व
  • क्षेत्रफल:- १,६०६ वर्ग कि.मि.
  • औषत लम्वाई:- लगभग ४६ कि.मि. (पूर्व पश्चिम)
  • औषत चौडाई:- लगभग २९ कि.मि. (उत्तर दक्षिण)
  • उचाई:- समुद्री सतहदेखि करिब ५८ मिटरदेखि ५०० मिटरसम्म रहेको छ।

सिमाना

पूर्व –  बंगाल, भारत    पश्चिम – मोरङ्ग     उत्तर – इलाम   दक्षिण –  भारत

राजनैतिक एवं प्रशासनिक बिभाजन

विकास क्षेत्र – पूर्वाञ्चल    जिल्ला – झापा          सदरमुकाम – भद्रपुर

संसदिय निर्वाचन क्षेत्र-७   नगरपालीका – ८      इलाका – १७

गा. वि. स. – ३३      वस्ती संख्या – १९३४

प्रमुख नदिनाला

मावा नदी
रतुवा नदी
बिरिङ नदी
मेची नदी
कन्काई नदी

 


Skip to toolbar