MCPM तालिम संचालन भएको बारे

न्यूनतम शर्त तथा कार्य सम्पादन मापन सम्वन्धि १ दिने अभिमुखिकरण तालिम आज २०७३/९/२४ गते जिविस झापा कक्षमा सम्पन्न भएको छ । जिविस झापाका सूचना अधिकृत प्रकाश चौधरीले प्रशिक्षण प्रदान गरेको उक्त कार्यक्रममा झापाका गाविस सचिवहरु र न्यूनतम शर्त तथा कार्य सम्पादन मापनकर्ताहरु, जिविस झापाका कर्मचारीहरुको सहभागिता रहेको थियो । गाविसहरुले गत आ. व. ०७२/७३ मा सम्पादन गरेका कार्यहरुको मूल्यांकन गर्न जिविसले ८ जना न्यूनतम शर्त तथा कार्य सम्पादन मापन छनौट गरी गाविसहरुमा पठाउन लागिएको छ । नेपाल सरकारले गत विगत देखि न्यूनतम शर्त तथा कार्य सम्पादन मापन मूल्यांकनको आधारमा गाविसमा अनुदान पठाउने व्यवस्था लागु गरिएको छ ।

Skip to toolbar